टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाले बनाइन राष्ट्रिय कीर्तिमान

श्रावण ०९,२०७८

-आस्था न्यूज

साउन ९, २०७८ काठमाडौं ।
टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
 
आज बिहान भएको छनोट चरणमा कल्पनाले आसाका सुटिङमा ६ सय १६ दशमलव ८ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् ।
 
उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४ दशमलव ५ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन । राष्ट्रिय कीर्तिमान बनाए पनि उनी फाइनल चरणमा पुग्न सकिनन् ।