कोरोना खोप लगाएकाहरुमा पनि मास्क अनिवार्य गर्नुपर्ने

श्रावण ११,२०७८

-आस्था न्यूज

साउन ११,२०७८ काठमाडौं ।
अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना भाइरसको संक्रमण बढिरहेको बेला अमेरिका गलअनत दिशामा हिंडिरहेको टिप्पणी गरेका छन् ।
 
स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको पनि उनले बताएका छन् । आइतबार सीएनएनसँग कुरा गर्दै फाउचीले सो कुरा बताएका हुन् । फाउचीका अनुसार कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा अति संक्रामक डेल्टा भेरिअन्ट बढिरहेको छ ।
 
प्रमुख संक्रामक रोग विशेषज्ञ फाउचीका अनुसार अमेरिकामा कोरोना भाइरस नलगाएका ९९.२ प्रतिशत व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ ।
 
अमेरिकामा हालसम्म ४९ प्रतिशतले पूर्ण खोप लगाइसकेको बताइन्छ । गत अप्रिलदेखि भने खोप लगाउने दर केही घटेको देखिएको छ । डा। फाउचीले युवाहरुले खोप लगाउन नमान्नु निकै निराशाजनक भएको बताएका छन् ।