कांग्रेस तरुण बिभाग, कला सांस्कृतिक समन्वय समिति गठन: सदस्यमा सुजन बराईली पनी

श्रावण ११,२०७८

-आस्था न्यूज

साउन ११, २०७८ काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पुर्ब मन्त्री एवम् नेपाली कांग्रेस तरुण बिभाग प्रमुख शंकर भण्डारीको बिशेष उपस्थितीमा नेपाली कांग्रेस तरुण बिभागका केन्द्रिय सदस्य अर्जुन शेरचनको संयोजकत्त्वमा २३ सदस्यीय नेपाली कांग्रेस तरुण बिभाग, कला सांस्कृतिक समन्वय समिति गठन भएको छ ।
 
समितीमा मनोनीत सदस्यहरुलाई नियुक्त पत्र प्रदान गरिएको थियो । समितीमा गायक सुजन बराईली पनी सदस्यमा पदमा मनोनित भएका छन् । 
 
नेपाली कांगे्रस आसन्न १४ औं महाधिवेशन तथा आगामी निर्वाचनलाई लक्षित गरी सदस्य संख्या बढाएर साँस्कृतिक समितिले बिशेष कार्य गर्ने लक्ष्य राखेको छ । 
 
उक्त कार्यक्रममा नेवि संघका पुर्व केन्द्रीय सदस्य जित शेरचनको पनि उपस्थिति रहेको थियो । नेपाली कांग्रेस तरुण बिभाग ,कला साँस्कृतिक समन्वय समितिमा सदस्य संख्या थप गरेर यसलाई पुर्णता दिने कुरा सचिव कृष्ण समिप सुबेदीले जानकारी गराएका छन् ।