राज कुमार रायमाझी र सीता दोङको आवाजमा ‘क्याहो तिम्रो पारा’

श्रावण ११,२०७८

-आस्था न्यूज

साउन ११, २०७८ काठमाडौं ।
गायक, सर्जक तथा  सञ्चारकर्मी राज कुमार रायमाझी र गायिका सीता तमुस्यो ‘दोङ’ को आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘क्याहो तिम्रो पारा’को भिडियो सार्वजनिक भएको छ ।
 
‘सहयात्री’ नविन गुरुङको प्रस्तुती रहेको गीतमा गायक, सर्जक तथा  सञ्चारकर्मी राज कुमार रायमाझीको शब्द रचना रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ ।
 
म्युजिक बैक नेपाल, अनामनगर, काठमाडौमा रेकडिङ भएको यस गीतमा बिजय बुढा मगरले रेकडिङ, मिक्सिङ गरेका हुन ।
 
भिडियोमा किरण मगर र सुस्मिता श्रेष्ठको,  अभिनय रहेको छ । राजकुमार रायमाझीद्वारा निर्देशित भिडियोमा मन बहादुर पुनको छायांकन, सम्पादन रहेको छ ।
 
माया प्रेमको आकर्षणलाई पनि मध्यनजर गरि यो गीत लेखेको हुँ, गीतकार रायमाझीले भने, ‘यो गीतमा माया प्रेम अभिन्न अंग भएतापनि अहिलेको समाज, देश परिवेश अनुरुप व्यक्त भएका गीतको कमि नहोस् भन्ने हेतुले यो बिषय समावेश गरेको छु’ ।
 
गीतको मर्म अनुसारको भिडियोमा उतार्ने कोशिस गरेको निर्देशक  रायमाझीले बताए ।
 
गितको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस-
https://youtu.be/ZAdIuBGENYo