भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

श्रावण १९,२०७८

-आस्था न्यूज

साउन १९,२०७८ काठमाडौं ।
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
 
उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो । मन्त्रिपरिषद् बैठकले आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो ।