कोरोनाको पुरै डोज खोप लगाएका नेपालीले यूएई जान पाउने

श्रावण २०,२०७८

-

साउन २०,२०७८ काठमाडौं ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले (कोभिड-१९) विरूद्ध पूर्ण खोप लगाएका यात्रु तथा यूएईमा आवासीय अनुमति पत्र (भिसा) भएका नेपालसहित ६ देशका व्यक्तिलाई प्रवेश अनुमति दिने निर्णय गरेको छ ।
 
यूएईले तोकिएको मापदण्ड पूरा गरेका नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा नागरिकलाई प्रवेश अनुमति दिन लागेको हो ।
 
आबुधाबीस्थित नेपाली दूतावासका अनुसार यूएईले बिहीबार अर्थात् ५ अगस्टदेखि लागू हुने गरी नेपाली नागरिकलाई यूएई प्रवेश खुला गरेको जनाएको छ । यूएईले लामो समय देखि नेपाललगायत १६ देशका यात्रुलाई प्रतिबन्ध लगाएको थियो।