गायिका शशिकलाको ‘हल्का हल्का’ लाई हेरुकाले बनायो यस्तो

श्रावण २०,२०७८

-आस्था न्यूज

साउन २०,२०७८ काठमाडौं ।
मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र कोरियोग्राफिमा ‘हल्का हल्का’ बोलको गीत बजारमा आएको छ । 
 
उक्त गीतको म्युजिक भिडियो उनै मोडल एंव निर्देशक हेरुका लामाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक
गरिएको हो ।
 
मिन सागर लामाको शब्द, गायिका शशिकला मोक्तानको आवाज,चन्द्र कुमार दोङ्को संगीत र स्वर्गिय एरेन्जर बबी घतानीको संगीत संयोजनमा उक्त गीत तयार गरिएको हो ।
 
पेमजोङ लामाले निर्माण गरेको उक्त भिडियोमा सबु गोले,बसन्ती लामा ब्लोन, सञ्जय थापा, राज दोङ तामाङ र हेरुका लामाको अभिनय रहेको छ । 
 
रेबन्त बिक्रम थापाले खिचेको भिडियोलाई राजु तामाङ दोङ्ले कलर र सम्पादन गरेका हुन ।