बिहीबारदेखि नेपाली यूएई जान पाउने, यूएई मै २ डोज खोप लगाउनुपर्ने

श्रावण २१,२०७८

-आस्था न्यूज

साउन २१, २०७८ काठमाडौं ।
संयुक्त अरब ईमिरेट्स (यूएई) ले आज बिहिबार देखि नेपालबाट यूएई आगमन खुल्ला गरेको छ। यूएई सरकारले यूएई आउनको लागि यूएई मै २ डोज खोप लगाएको हुनुपर्ने र यूएईका अस्पताल वा सरकारी निकायबाट जारी खोप सर्टिफिकेट भएको हुनु पर्ने नियम लागू गरेको छ ।
 
जसका कारण यूएईमा नै आवश्यक खोपको मात्रा प्राप्त गरी कम्तीमा १४ दिन पूरा गरेको र यूएईकै सरकारी स्वास्थ्य संस्थाबाट जारी खोप कार्ड वा भ्याक्सिन प्रमाण पत्र भएको नेपाली नागरिक मात्र यूएई आगमन हुन सक्नेछन्। 
 
यूएई सरकारले यात्रा अनुमति दिए पनि यूएईबाट कोभिड भ्याक्सिन नलगाइ नेपाल गएका अन्य नागरिकहरू हकमा यो नियम लागु हुने छैन। जसले गर्दा लामो समय देखि नेपालमै अड्केर बसेका श्रमिकहरू सहजै यूएई प्रवेश गर्न सक्ने छैनन्।
 
अर्थात् खोप नलगाई छुट्टीमा गएकाहरू वा नेपालमा दुई खोप लगाउनेहरूले समेत यूएई आउन पाउने छैनन् । 
 
 
को को आउन पाउने?
 
१. रेसिडेन्स भिसा बाहक 
 
२. यूएईमा नै दुई डोज खोप लगाएको मात्र 
 
३. सरकारी निकाय, अस्पताल, स्कूलमा कार्यरत र विद्यार्थी अनि विशेष मानवीय परिस्थितिमा खोप नलगाए पनि आउन पाउने । 
 
को को आउन नपाउने?
 
१. नयाँ कामदार, भिजिट भिसा (रेसिडेन्स भिसा नभएको) 
 
२. नेपालमा दुई डोज खोप लगाए पनि आउन नपाइने
 
कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण यूएई सरकारले नेपाल,भारत लगायत विभिन्न छ देश श्रीलङ्का, पाकिस्तान दुई अफ्रिकी मुलुक नाइजेरिया र युगान्डाका यात्रुमाथि मे महिनाको पहिलो हप्ता देखि आगमनमा रोक लगाएको थियो । गत मंगलबार यूएईको राष्ट्रिय आपत्कालीन सङ्कट तथा विपद् व्यवस्थापन प्राधिकरण (एनसीईएमए) ले यूएईको आवासीय वैद्य भिसा भएका नागरिकहरूलाई खोपको मात्रा  पुरा गरी प्रवेश अनुमति दिएको हो।