भाद्र १९,२०७४
-
१९ भाद्र,काठमाडौँ-
नेपाली चलचित्र क्षेत्रका नायक राजवल्लभ कोइरालाले अमेरिकामा नै इन्गेजमेन्ट गरेका छन् ।
अमेरिकामा नै बस्दै आएकी प्रतिमा बिमलीसँग उनले इन्गेजमेन्ट गरेका हुन् ।
राजवल्लभ र प्रतिमाका इन्गेजमेन्टका तस्बिरहरु उनका साथीहरुले फेसबुकमा पोष्ट गर्दै वधाइ दिएका छन् । राजवल्लभले भने यो बिषयमा केही पनि बोलेका छैनन् ।
चलचित्र ‘पर्खी बसे’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक कोइराला हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका क्रममा अमेरिका पुगेका थिए । त्यसपछि, उनले उतै बस्ने निर्णय गरेका थिए ।
झापाकी प्रतिमाको परिवार अहिले अमेरिकामा नै बस्दै आएका छन् । सेप्टेम्बरमा इन्गेजमेन्ट गरेका राज र प्रतिमाले डिसेम्बरमा बिहे गर्ने भएका छन् ।
प्रमुख समाचार