द भ्वाइस अफ नेपाल सिजन ३ मा किरण गजमेर विजयी

श्रावण २४,२०७८

-आस्था न्यूज

साउन २४,२०७८काठमाडौं ।
लोकप्रिय रियालिटी सो द भ्याइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् । शनिवार भएको ग्राण्ड फिनालेमा टीम प्रमोदका प्रतिस्पर्धी उनी दर्शकको भोटका आधारमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् । 
 
ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर कोच प्रमोद रोजेका उनले त्यसपछि पछाडि फर्कनु परेन। अमेरिकाबाट भ्वाइसकै लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् । ‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए।
 
झापाको खुदुनाबारी शिविरमा रहेकै बेला सन् २००५ मा पहिलो बाल गीत रेकर्ड गराएका किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए। किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमासमेत स्वर दिइसकेका छन्। 
 
उनले यसअघि इमेज एफएम, कालिका एफएमलगायत चर्चित अवार्डहरू हात पारिसकेका थिए। तेस्रो संस्करणको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर, टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले फाइनलमा प्रतिश्पर्धा गरेका थिए।