Trending :
 

नेपालमा लगानीको प्रचुर सम्भावना छः विष्णुकुमार अग्रवाल

श्रावण ३१,२०७८

-आस्था न्यूज

साउन ३१,२०७८ काठमाडौं ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताएका छन् । कान्तिपुर इकोनमिक समिट, २०२१ को पहिलो सत्र पैसा कहाँ छ ? सेसनको वक्ता उनले कृषि, सूचना प्रविधि, पर्यटन, पूर्वाधार र म्यानिफ्याक्चरिङको क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए । 
 
नेपालका कुनै पनि क्षेत्रमा लगानी गर्दा पनि त्यसको प्रतिफल राम्रो प्राप्त हुने अग्रवालको भनाइ थियो ।
 
कृषि क्षेत्रमा लगानी गर्दा पर्याप्त उत्पादन हुने र नाफा कमाउने सम्भावना रहेको उनले बताए । नेपालमा वर्षेनी अर्बौंको कृषि उत्पादन आयात गरिरहेकाले पनि यसको आन्तरिक र बाह्य बजार रहेको उनको धारणा थियो । 
 
कृषिमा प्रविधिको प्रयोग गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । कृषि नीतिमा परिवर्तन ल्याएर प्रविधिको प्रयोग गरी लगानी गरेमा सम्भावना प्रचुर रहेको उनले बताए ।
 
सूचना प्रविधिको क्षेत्रमा पनि नेपालमा त्यति धेरै काम नभएकाले लगानीको राम्रो सम्भावना रहेको अग्रवालले बताए ।
 
म्यानिफ्याक्चरिङको क्षेत्रमा सम्भावना हुनुको कारण नेपाल विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र भारतको बीचमा अवस्थित हुनु रहेको पनि उनको भनाइ थियो ।