Trending :
 

साताको अन्तिम दिन नेप्सेमा फेरि दोहोरो अंकको गिरावट

भाद्र ०३,२०७८

-आस्था न्यूज

भदौ ३,२०७८ काठमाडौं ।
सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पुनः गिरावट आएको छ । गत बुधबार एकैदिन अधिकतम ३८.२८ अंकले बढेर हालसम्मकै उच्च बिन्दु (३१ सय ९८.६० विन्दु) कायम गर्न सफल नेप्से परिसूचकमा बिहीबार पुनः दोहोरो अंकले गिरावट आएको हो । 
 
नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा झरेको छ ।  त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८.३३ अंकले घटेर ५९०.१५ बिन्दुमा झर्न पुगेको छ । 
 
नेप्सेका अनुसार आज व्यापार, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स बाहेकका सबैजसो उपसमूहहरु ऋणात्मक भएका छन् । यद्यपि, अधिकतम १८ अंकले घटेको बजारमा कारोबार रकम भने यस दिन पनि घटेको छैन । 
 
नेप्सेका अनुसार आज कुल २२९ कम्पनीका ३ करोड ९ लाख कित्ता माथिको सेयर १ लाख ८८ हजार पटक माथि बजारमा किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाखको कारोबार भएको छ । 
 
जबकी गत बुधबार ३८.२८ अंकले बढेको बजारमा २१ अर्ब ३१ करोड ३४ लाख माथिको कारोबार भएको थियो ।