Trending :
 

अफगानिस्तानकी एक महिलाले उद्धार उडानको क्रममा बच्चा जन्माइन् !

भाद्र ०७,२०७८

-आस्था न्यूज

भदौ ७,२०७८ काठमाडौं ।
अफगानिस्तानकी एक महिलाले अमेरिकी एयरफोर्सको उद्धार उडानको क्रममा बच्चा जन्माएकी छन् । उनले अमेरिका उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी हुन् ।
 
बीबीसीका अनुसार आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला ती महिलामा प्रसव पीडा सुरु भएको थियो । उनको अवस्था जटिल हुँदै गएपछि विमानका पाइलटले कम उचाइको उडान गरे ताकि विमानमा हावाको चाप बढोस् र ती महिलाको ज्यान बचाउन सहयोग होस् ।
 
युएस एयरफोर्सको सो विमान जर्मनीको रामस्टीन एयर बेसमा अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आएर बच्चा जन्माउन सहयोग गरेको थियो ।
 
आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको र उनीहरू नजिकैको अस्पतालमा रहेको बीबीसीले जनाएको छ ।