काबुलमा अर्को हमला हुनसक्ने बाइडेनको चेतावनी

भाद्र १३,२०७८

-आस्था न्यूज

भदौ १३, २०७८ काठमाडौं ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको काबुलमा अर्को आतंककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् ।
 
उनले आफूलाई सो जानकारी सैन्य कमाण्डर दिएको उल्लेख गरेका छन् । बाइडनले भने, ‘त्यहाँको अवस्था एकदमै खत्तरापूर्ण रहेको छ । विमानस्थलमा अर्को आतंकारी हमला हुनसक्ने खत्तरा धेरै छ ।’
 
बिहीबार काबुल विमानस्थल नजिक भएको आक्रमणमा १६९ अफगान नागरिक र १३ अमेरिकी नागरिकको मृत्यु भएको थियो । त्यसको बदलामा अमेरिकाले शनिबार ड्रोन आक्रमण गरेको थियो । उक्त आक्रमणमा विस्फोटका योजनाकार मारिएको अमेरिकी सेनाको दाबी छ ।
 
गत बिहीबार भएको आक्रमणअघि पनि अमेरिका र बेलायतले विमानस्थलमा आक्रमण हुने सूचना आएको भन्दै सचेत गराएका थिए । त्यसको भोलिपल्ट आत्मघाती विस्फोट भएको थियो ।