‘मिस एण्ड मिसेस ईण्डिजिनियस:२०२१ सिजन-२’ को उपाधि नम्रता र आशालाई

भाद्र १३,२०७८

-आस्था न्यूज

भदौं १३, २०७८ काठमाडौं ।
एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना भएको मिस एण्ड मिसेस ईण्डिजिनियस:२०२१ सिजन-२ को उपाधि नम्रता तामाङ र आशा थापाले जित्न सफल भएका छन् । 
 
त्यसैगरी मिसेस ईण्डिजिनियस-२०२१ तर्फ फर्स्ट रनरअप, भिउर्स च्वाइस सिता तामाङ, सेकेन्ड रनरअप लक्ष्मी गुरुङ, थर्ड रनरअप निरु राइ, अर्गनाइजर च्वाईस क्रिष्टिना आले मगर, पब्लिक चवाइस शान्ता तामाङ, पपुलर रुपा थापा मगर, पर्सनालिटी सिता तामाङ, कन्फिडेण्ट सपना तामाङ लोप्चन, बेष्ट वाल्क शान्ता तामाङ, बेष्ट स्माईल रुपा थापा मगर, फोटोजेनिक र ट्यालेन्ट आशा थापा, डिसिप्लिन पायल गहतराज, पंचुअल र फ्रेण्ड्लि लक्ष्मी गुरुङ, बेस्ट सकिन निरु राइ, बेष्ट हेयर रेखा गुरुङ र इनोसेन्ट सुशिता तामाङले जित्न सफल भएका छन् भने मिस ईण्डिजिनियस-२०२१ तर्फ फर्स्ट रनरअप, पंचुअल, भिउवर्स चवाइस र पब्लिक च्वाईस बिमिशा गुरुङ, सेकेन्ड रनरअप  मुना बुढामगर, थर्ड रनरअप सबिना गुरुङ, अर्गनाईजर च्वाईस गीता मगर, पपुलर मुना बुढामगर बेष्ट वाल्क सबिना गुरुङ, बेष्ट स्माइल रशिला तामाङ, फोटोजेनिक सबिना गुरुङ, ट्यालेन्ट शान्ति गुरुङ, डिसिप्लिन प्रिया खनाल, स्कीन रेनुका तामाङ, बेष्ट हेयर लक्ष्मी चौधरी,फ्रेन्डली मिना राइ र इनोसेन्ट गीता मगरले सब टाइटल जित्न सफल भएका छन् । बिजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाउन सफल भएका थिए ।
 
प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिना सम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिस्प्रधीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण  प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अधक्ष्य शान्त तामाङले बताइन ।