शेयर बजारमा सामान्य वृद्धि

भाद्र १६,२०७८

-आस्था न्यूज

भदौ १६,२०७८ काठमाडौं ।
बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार ६९ अंकको उच्च गिरावट आएको बजारमा बुधबार भने सामान्य वृद्धि भएको छ ।
 
बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेको छ ।
 
बुधबार २२६ कम्पनीका एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेययर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँ बराबरको भएको छ ।
 
३ उपसमूहमध्ये ४ उपसमूहको शेयर बढेको छ, भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ । बुधबार रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।