शेयर बजारमा उच्च गिरावट, सबै उप समूहको सूचांक राताम्मे

भाद्र १७,२०७८

-आस्था न्यूज

भदौं १७,२०७८ काठमाडौं ।
शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च गिरावट आएको छ । बिहीबार शेयर बजार मापक परिचूक नेप्से ५०.१३ अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक २९२६.८६ को बिन्दुमा झरेको छ ।
 
बिहीबार सेन्सेटिभ परिसूचक पनि ८.९ अंकले घटेर ५४१.७७ मा झरेको छ । विहीबार १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ । बिहीबार ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
 
बिहीबार १३ वटै उप समूहको शेयर मूल्य घटेको छ । यस दिन पहिलो पटक कारोबार भएको सानिमा लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर ३३९ रुपैयाँ पुगेको छ ।