Trending :
 

आर्थिक प्रसङ्ग

तेस्रो चरणको चुनावमा अढाई अर्ब खर्च

भाद्र २२,२०७४

-

२२,२०७४ भाद्र,काठमाडौँ-

तेस्रो चरणको स्थानीय निर्वाचनका लागि अढाई अर्ब खर्च लाग्ने भएको छ ।

निर्वाचन आयोग र सुरक्षा निकायले निर्वाचनका लागि छुट्टाछुट्टै रकम मागेपछि अर्थ मन्त्रालयले थप रकम उपलब्ध गराउने भएको हो ।

पूर्वनिर्धारित बजेट डेढ अर्ब भने अर्थ मन्त्रालयले निकासा गरिसकेको छ ।

थप रकम माग अनुसार गृह मन्त्रालयलाई पनि मागबमोजिम नै बजेट उपलब्ध गराउने तयारीमा अर्थ मन्त्रालय छ । अर्थका अनुसार गृहले सुरक्षाका अतिरिक्त अन्य खर्चसहित १ अर्ब रुपैयाँ मागेको हो ।

तेस्रो चरण निर्वाचन तयारी अन्तर्गत बुधबार प्रदेश नम्बर दुईमा उम्मेद्वारी दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको छ ।