न्युजिल्यान्डसँगको दोस्रो टी-२० मा बंगलादेश चार रनले विजयी

भाद्र १९,२०७८

-आस्था न्यूज

भदौ १९,२०७८ काठमाडौं।
न्युजिल्यान्डसँगको दोस्रो टी-२० मा बंगलादेश चार रनले विजयी भएको छ । ढाकामा बङ्गलादेशले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३७ रनमात्र बनाउन सक्यो ।
 
न्युजिल्यान्डका लागि टम लाथमले अविजित ६७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बंगलादेशका मेहदी हसन र शाकिब अल हसनले दुई-दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै एक सय ४१ रन बनायो ।
 
उसका लागि मोहम्मद नइमले ३९, महमुदुल्लाहले ३७ र लिटन दासले ३३ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका रचिन रविन्द्रले तीन विकेट लिए । यसअघि पहिलो खेल बङ्गलादेशले सात विकेटले जितेको थियो । पाँच खेलको टी-२० श्रृंखला खेल्न न्युजिल्यान्ड बंगलादेश भ्रमणमा छ ।