शेयर बजारमा उच्च गिरावट

भाद्र २०,२०७८

-आस्था न्यूज

भदौ २०,२०७८ काठमाडौं ।
साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले कारोबार स्थगित गरेको छ ।
 
पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर  ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ । १ बजेसम्म १४७.३१ अंकले बजार घटेको छ ।
 
यो ५.०३ प्रतिशतको गिरावट हो । यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो । यसअघि एकै पटक १२४ अंकसम्म घटेको रेकर्ड रहेको छ । अहिले बजार २७७९.६८ विन्दुमा झरेको छ ।