बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २-१ ले विजयी

भाद्र २४,२०७८

-आस्था न्यूज

भदौ २४, २०७८ काठमाडौं ।
बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २-१ ले विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो । 
 
पहिलो हाफमा नेपालबाट सविता राना र प्रीति राईले एक-एक गोल गरे । दुबै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो खेलमै गोल गरेका हुन् । 
 
सबिताले १४औं मिनेटमै विमला चौधरीको क्रसलाई सदुपयोग गर्दै हेड गोल गरिन् । त्यसैगरी, २२ औं मिनेटमा प्रीतिले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ८३ बंगलादेशबाट तोहुरा खातुनले एक गोल फर्काइन् ।
 
 नेपालले एएफसी महिला एशियन कप -२०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । दुई टोलीबीच आइतबार दोस्रो मैत्रिपूर्ण खेल हुनेछ ।