एमालेको अवरोधकाबीच प्रतिस्थापन विधेयक प्रस्तुत, १६ खर्ब ३२ अर्बको बजेट

भाद्र २५,२०७८

-आस्था न्यूज

भदौ २५, २०७८ काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलको अवरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिसभाको बैठकमा बजेट पेश गर्नुभएको छ ।
 
शुक्रबार बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण विधेयक २०७८ सभासमक्ष पेश गर्नुभएको हो । विधेयकमार्फत उहाँले १६ खर्ब ३२ अर्बको बजेट पेश गर्नुभएको छ ।
 
यस्तै सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । चैतसम्म सबैको खोप पाउने र त्यसपछि आर्थिक गतिविधि बढ्न गइ ७ प्रतिशतले वृद्धि हुने अर्थमन्त्री शर्माको अनुमान छ ।
 
अर्थमन्त्रीले विधेयक पेश गरेसँगै तीन जना सभासद र पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।