संखुवासभामा ६ जनाका हत्या आरोपी लोकबहादुर कार्की सार्वजनिक

भाद्र २७,२०७८

-आस्था न्यूज

भदौं २७, २०७८ काठमाडौं ।
 
प्रहरीले संखुवासभाको मादी-१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ ।
 
नातामा भतिज पर्ने छिमेकी लोकबहादुरलाई प्रहरीले आइतबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । कार्कीलाई शनिबार पक्राउ गरिएको थियो ।
 
प्रहरीका अनुसार हत्या गरिएका व्यक्तिहरुको टाउकोमा गहिरो चोट लागेको पाइएको छ । हत्या गर्ने क्रममा टाउकोमा नै प्रहार गरको पाइएको प्रहरीले उल्लेख गरेको छ ।
 
प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । उनले चिर्पटले हानेर ६ जनाकै हतया गरेको स्वीकार गरेका हुन् ।