संसद अवरोध जारी राख्न एमालेको निर्देशन !

सभामुखलाई माइक हान्ने आफूहरुको कुनै योजना थिएनः ओली

भाद्र २७,२०७८

-आस्था न्यूज

भदौं २७, २०७८ काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई माइक हान्ने आफूहरुको कुनै योजना नभएको बताएका छन् ।
 
बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको माइक खोसेकी थिइन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखको टाउकोमा माइक हाल्ने योजना रहेको प्रतिक्रिया दिएकी थिइन् ।
 
तर संसदीय दलको आइतबार बसेको बैठकमा एमाले संसदीय दलका नेता एवं अध्यक्ष ओलीले त्यसको खण्डन गरे । ‘माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन’, उनले भने ।