आफू अब एक्लिँदै जाने हो कि भन्ने प्रचण्डको चिन्ता

भाद्र २७,२०७८

-आस्था न्यूज

भदौं २७, २०७८ काठमाडौं ।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिमकालमा एक्लिएको दृष्टान्ट पेस गर्दै आफूलाई पनि कहिलेकाहीं १र२ वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताएका हुन् । 
 
काठमाडौंमा आइतबार आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा उनले आफ्नो दिमागमा कहिलेकाहीं त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरी दिन पनि वाम बुद्धिजीवीहरुलाई आग्रह गरे ।
 
उनले भने, कहिलेकाहीं म पनि यस्तै हुँदोरहेछ । १र२ वर्ष जतिमा एक्लो पो हुने हो कि ? र माओले भनेजस्तै ‘म एक्लो हुँ’ भन्नुपर्ने हो कि? कहिलेकाहीं यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के । तपाईंहरु यो पनि चिन्तनमनन गरिदिनुहोला । 
 
नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशामा सन्दर्भमा यो रोग के हो? पुस्तकका टिप्पणीकारहरुले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनु भयो? यो व्यक्तिगत कुरा हो र? व्यक्तिगत प्रशंसा खोजेको कुरो हो र? यो ।’
 
दाहालले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको टिप्पणी गरे । उनले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन इतिहासको सही समीक्षा गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए । दाहालले आफूले अझै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर अघि बढ्न चाहेको पनि पटक(पटक दोहोर्‍याए ।