महिला फुटबलः बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

भाद्र २७,२०७८

-आस्था न्यूज

भदौं २७, २०७८ काठमाडौं ।
नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीचको दोस्रो मैत्रिपूर्ण खेल बराबरीमा टुंगिएको छ । काठमाडौँस्थित दशरथ रंगशाला खेलिएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
 
दुवै टोलीले गोलका थुप्रै अवसरहरु गुमाएका थिए । नेपालले विपक्षी टोलीको पोष्टमा चारवटा प्रहार गरे पनि गोल गर्नबाट चुक्यो । बंगलादेशविरुद्धको पहिलो खेलमा भने नेपाल २-१ गोलले विजयी बनेको थियो ।
 
 
नेपालले एएफसी महिला एशियन कप-२०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । नेपाल भोलि नै प्रतियोगितामा भाग लिन उज्बेकिस्तान प्रस्थान गर्नेछ ।