इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल विजयीः सलाहको एक सय गोल पूरा

भाद्र २८,२०७८

-आस्था न्यूज

भदौ २८,२०७८ काठमाडौं ।
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
 
गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित लिड्स युनाइटेडलाई पराजित गरेको हो । लिभरपुलका लागि मोहमद सलाह, फाबिन्हो र साडियो मानेले एकरएक गोल गरे । सलाहले प्रिमियर लिगमा एक सय गोल पूरा गरेका छन् ।
 
जितसँगै ४ खेलमा १० अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ भने लिड्स युनाइटेड २ अङ्क जोडेर १७ औं स्थानमा छ ।