सोमबार १ हजार ४८६ जना कोरोना संक्रमित थपिए, १६ को मृत्यु

भाद्र २८,२०७८

-आस्था न्यूज

भदौ २८,२०७८ काठमाडौं ।
पछिल्लो २४ घन्टामा देशभर १ हजार ४८६ जनामा कोरोनााभाइरसको संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५३९ नमुना परीक्षण गर्दा १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 
१२ हजार ५३२ जनाको पीसीआर नमुना परीक्षण गर्दा १ सय १४९ जनामा र ४ हजार ७ जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
 
पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २६० रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १६ जनाले ज्यान गुमाएका छन् ।