आर्थिक प्रसङ्ग
भाद्र २३,२०७४
-
२३ भाद्र,काठमाडौँ
सेञ्चुरी कमर्सियल बैंकले २०७४-०४-१६ गतेका दिन देखि २०७४-०५-१८ गते सम्म ४०५ हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा संचालन समितिको निर्णय अनुसार थप १५ दिन अर्थात मिति २०७४-०६-०२ गते बैंकिङ्ग समयसम्मको लागि दरखास्त दिने म्याद थप गरिएको छ ।
सम्बन्धित सबै शेयरधनी महानुभावहरुले सिभिल क्यापिटल मार्केट लि. तथा सेञ्चुरी बैंकको सम्पूर्ण शाखा कार्यलयहरुबाट शेयर भर्न सकिनेछ ।
थप जानकारीका लागी बैंकको वेबसाइटwww.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न सकिनेछ ।
प्रमुख समाचार