एमालेको अवरोधकाबीच संसद्मा अर्थमन्त्रीद्वारा विनियोजन विधेयक पेश

भाद्र २९,२०७८

-आस्था न्यूज

भदौ २९, २०७८ काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठक अगाडि बढेको छ । बैठकको कारबाही सुरु हुनासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका छन् ।
 
उनीहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्नि सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्न समय दिए । नारावाबाजीकै बीच अर्थमन्त्रीले सो प्रस्ताव पेश गरे । अहिले सो प्रस्तावमाथि छलफल भइरहेको छ ।
 
नेमकिपाका सांसद प्रेम सुवालले आफ्नो धारणा राखिरहेका छन् । एमाले सांसदहरुको नाराबाजी जारी रहेकाले छलफलमा भाग लिने सांसदहरुले आ आफ्नो स्थानबाटै धारणा राखिरहेका छन् ।