इजरायल जाने भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण, अन्तरवार्ता भदौ १ देखि

भाद्र २९,२०७८

-आस्था न्यूज

भदौ २९, २०७८ काठमाडौं ।
‘केयर गिभर’का लागि इजरायल जान लिइएको भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएका छन् । कुल ६ हजार ३१७ जनाले लिखित परीक्षा दिएकामा सो संख्यामा उत्तीर्ण भएका हुन् । उत्तीर्ण हुनेमा १ हजार ३९५ जना महिना र ६४४ जना पुरुष रहेका छन् । 
 
उत्तीर्ण भएकाको उचाई तौल तथा अन्तरवार्ता भदौ १ देखि ९ गतेसम्म हुने वैदेशिक रोजगार विभागले दिएको जनाएका छ । विभागका अनुसार उक्त मितिमा हुने अन्तवार्ता बिहान ८ देखि दिउँसो २ बजेसम्म हुनेछ ।
 
अन्तवार्ता व्यवसायीक सिप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा हुने विभागले जनाएको छ । विभागले साउन १२ देखि इजरायल जान चाहनेहरुका लागि खुलाएको आवेदनमा कुल ७ हजार ९ जनाको दरखास्त दिएका थिए । 
 
यस्तै २ हजार ६९० जनाको आवेदन अस्वीकृत भएको थियो ।