काँग्रेसले ८ वटा जिल्लाको सदस्यता विवाद टुङ्ग्यायो
-आस्था न्यूज
भदौं ३०, २०७८ काठमाडौं ।
नेपाली काँग्रेसले ८ वटा जिल्लाको पार्टी क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । मंगलबार काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएको छ ।
नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले सर्वसम्मत रुपमा विवाद निरुपण गरेका हुन् ।
सिटौला, रिजाल र लेखकले बनाएको मापदण्ड अनुसार क्रियाशील छानविन समितिले निर्णय लिएको छानविन समितिका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । तर निर्वाचन समितिले ८ जिल्लाको सदस्यता नामावली बुझेको भने छैन । छानविन समितिले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको छ ।