राष्ट्र बैंकले नयाँ नोट सटहीका लागी तोक्यो काउन्टर, असोज ४ गतेदेखि साट्न पाइने

भाद्र ३०,२०७८

-आस्था न्यूज

भदौं ३०, २०७८ काठमाडौं ।
दशैं तिहार लक्षित सुकिला (नयाँ) नोट सटहीका लागि राष्ट्र बैंकले एक्सचेन्ज काउन्टर तोकेको छ । आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने नोट सटहीका लागि बैंकले काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका क्षेत्रहरुका लागि सटही काउन्टर तोकेको हो ।
 
बुधबार एक सूचना जारी गर्दै बैंकले काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर (मोफसल) मा सातवटै प्रदेश स्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट समेत नोट साट्न पाइने जनाएको छ । 
 
कोभिड-१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यसपटक सहज वातावरणमा सहज रुपमै सर्वसाधारणलाई नोट सटहीको सुविधा मिलाइएको समेत बैंकले जनाएको छ ।