प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्था नल्याउन सरकारलाई ओलीको चेतावनी

भाद्र ३१,२०७८

-आस्था न्यूज

भदौं ३१,२०७८ काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिएका छन् ।
 
काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको बताए । आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको उनको दाबी छ । तर नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको ओलीको आरोप छ ।
 
प्रमुख विपक्षी नेता ओलीले भने, ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, जनतालाई उत्तेजित नबनाऊ, नजिस्काऊ । शान्तिपूर्ण आन्दोलनको सीमाभित्र रहन चाहन्छन् जनता, प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊ ।’