भरतमणि पौडेल बने ‘कमेडी च्याम्पियन २’को विजेता

आश्विन ०३,२०७८

-आस्था न्यूज

असोज ३, २०७८ काठमाडौं ।
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को विजेता भरतमणि पौडेल भएका छन् । 
 
शनिबार मध्य राति विजेता घोषणापछि पौडेलले आफुलाई विजेता बनाउन सहयोग र साथ दिने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् । विजेता घोषणा भएको केही घण्टापछि सामाजिक संजालमा एक पोष्ट गर्दै पौडेलले यो जित आफ्नो मात्र नभएर सबैको भएको बताएका हुन् ।
 
सबै प्रिय भगवानरुपि दर्शक तथा समर्थकमा नमस्कार भन्दै उनले सुरु गरेको स्टाटसमा उनले सबैको प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने समेत बताएका छन् ।
 
‘विश्व भुगोलमा बसोबास गर्नु भएका सम्पुर्ण नेपाली र नेपाली मनहरू प्रति हृदय देखिनै आभार प्रकट गर्दछु । तपाईहरुले यस्तो महामारिको समयमा पनि प्रतिस्पर्धा गरिरहँदा मेरो हसाउने प्रयासलाई साथ दिनु भएको छ’ उनले अगाडि लेखेका छन् ‘मेरो लागि देश तथा बिदेशमा अभियान चलाइदिनुभयो । मलाई सधै अगाडि बढ्न प्रेरित गर्न गरिरहनु भयो ।’
 
अवको दिनमा आफुलाई सही बाटोमा हिड्न खबरदारी गर्ने जिम्मा समेत सबैको रहेको बताएका उनी अगाडि थप्छन् ‘कमेडी च्याम्पियन सिजन २ को उपाधि जित्न सफल पनि तपाइँहरुकै साथले सम्भव भएको हो । त्यसैले अगामी दिनमा पनि यतिकै माया र साथ पाउनेछु भन्नेमा ढुक्क छु । मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तपाईलाई अनगिन्ती धन्यवाद दिन चाहन्छु ।’