इरानी परमाणु वैज्ञानिक मोहसिनको हत्या इजरेली गुप्तचरले गरेको खुलासा

आश्विन ०३,२०७८

-आस्था न्यूज

असोज ३,२०७८ काठमाडौं ।
इरानी परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या इजरेली गुप्तचर एजेन्सी मोसादले गरेको खुलासा भएको छ । अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सको एक रिपोर्टमा मोहसिनको हत्या इजरेली गुप्तचर एजेन्सीको टिमले गरेको उल्लेख गरिएको छ ।
 
समाचार अनुसार बेल्जियमा बनेको एफएन एमएजी मेसिनगनमा अत्याधुनिक रोबोटिक जोडेर त्यसलाई आर्टिफिशियल इन्टेलिजेन्सयुक्त बनाइएको र त्यसबाट एक मिनेटभित्र मोहसिनको हत्या गरिएको जनाइएको छ ।
 
मेसिनगनलाई रिमोर्ट कन्ट्रोलबाट चल्ने बनाउँदा यसको तौल एक टन पुगेकोसमेत जनाइएको छ । मोसादको टिमले सो मेसिनगनलाई साना साना टुक्रामा तस्कर गरेर इरान लगिएको र इरानमा फेरि एसेम्बल गरिएकोसमेत उल्लेख छ ।
 
मोहसिन इरानका प्रमुख परमाणु वैज्ञानिक थिए । उनी निकै शक्तिशाली थिए । इरानको सम्पूर्ण परमाणु कार्यक्रम उनको नियन्त्रणमा थियो ।
 
उनको हत्यापछि इरानले यो हत्यामा इजरेलको हात रहेको त्यतिबेला नै बताएको थियो । तर, इजरेलले भने त्यसलाई स्वीकार पनि गरेन, खण्डन पनि गरेन । उसले इरानलाई परमाणु हतियार सम्पन्न बन्न नदिने बतायो । एजेन्सी