पछिल्ला दुई दिन नेप्सेमा लगातार सुधार

आश्विन ०६,२०७८

-आस्था न्यूज

असोज ६,२०७८ काठमाडौं ।
 
मंगलबार दोहोरो अंकले बढेर बन्द भएको नेप्सेले बुधबार पनि सोही प्रवृति पछ्याएको छ । सोही क्रममा सवा १२ बजेसम्म नेप्से परिसूचक करिब ६६ अंकले बढेर २ हजार ७ सय ७८ अंकमा पुगेको छ ।
 
अघिल्ला चार कारोबार दिनमा करिब साढे २ सय अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकले बढेको हो ।
 
नेप्से बढे पनि कारोबार रकममा भने खासै सुधार आएको छैन । करिब सवा १२ बजेसम्म १ अर्ब ९१ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ ।