Trending :
 

प्रतिनिधिसभा बैठक बस्दै, जेटसँग सम्बन्धित विधेयक पारित गर्ने कार्यसूची

आश्विन ०७,२०७८

-आस्था न्यूज

असोज ७,२०७८ काठमाडौं ।
प्रतिनिधिसभा बैठकको आज पनि बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ । 
 
आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।
 
प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।