Trending :
 

एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसक्ने एकीकृत समाजवादीको निर्णय

आश्विन ०७,२०७८

-आस्था न्यूज

असोज ७, २०७८ काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी) अहिलेकै अवस्थामा पारित गर्न नसक्ने निर्णय गरेको छ ।
 
पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय हित अनुकुल बनाएर मात्र एमसीसीका विषयमा अघि बढ्न सक्ने निष्कर्ष निकालेको हो ।
 
बैठकको निर्णय सार्वजनिक गर्दै सचिव जगन्नाथ खतिवडाले एमसीसी राष्ट्रिय हित अनुकूल नभएकाले आजकै अवस्थामा पारित गर्न नसकिने बताए ।
 
उनले भने, ‘राष्ट्रिय हितअनुकूल बनाएर राजनीतिक सहमति कायम गरेर मात्र अघि बढ्न सकिन्छ । अन्यथा आजकै अवस्थामा पारित गर्न सकिँदैन ।’
 
अब पार्टीले सरकारमा जाने कुरालाई पनि प्राथमिकतामा राखेको उनले बताए ।