संशोधित बजेट दुवै सदनबाट पारित, राष्ट्रपतिले प्रमाणीकरण गरेपछि खर्च गर्न सकिने

आश्विन ०७,२०७८

-आस्था न्यूज

असोज ७, २०७८ काठमाडौं ।
वर्तमान सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ ।
 
पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए । सो विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको हो । 
 
राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाउनेछन् । नेपालमा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति (सटडाउन) निम्तिएको थियो । 
 
अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले सटडाउन निम्तिन नदिने गरी समयमै प्रतिस्थापन विधेयक अघि सार्न सकेको थिएन ।
 
अहिले संवैधानिक अङ्ग तथा निकायहरू ९संघीय सञ्चित कोषमाथि हुने व्ययभार० बाहेक नेपालमा अन्य खर्च रोकिएको छ । तर, दुवै सदनले बजेट पारित गरेकाले अब राष्ट्रपतिबाट प्रमाणीकरण हुनासाथ खर्च अवरोध हट्नेछ ।