भाद्र २५,२०७४
-
२५ भाद्र,काठमाडौँ-
नेपाल स्पाईनल कर्ड इन्जरी खेलकुद संघले ‘अपाङ्ग मैत्री’ भन्ने मुल नाराका साथ पहिलो पटक अन्तराष्ट्रिय ह्वीचियर वाष्केटवल प्रतियोगिता गर्ने भएको छ ।
संघले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी कार्तिक २९ गते देखि मंसिर २ गतेसम्म ललितपुरमा सम्पन्न हुने यस प्रतियोगीताको बारेमा जानकारी गराएको छ ।
संस्थाकी अध्यक्ष गायत्री दाहालले अपाङ्ता भएका मानिसहरुले केही गर्न सक्दैनन् भन्ने समाजमा भ्रम रहेको बताईन् ।
त्यस्तै कार्यक्रममा संस्थाका महासचिव तथा प्रतियोगिताका संयोजक ऋषि ढकालले नेपाल लगायत भारत, बंगालादेश र पाकिस्तानबाट प्रतियोगीहरु भाग लिने जानकारी दिएका छन् ।
उनले भने,‘यस कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘ब्राण्ड एम्ब्यासडर’ को रुपमा उपस्थित हुनुहुनेछ, यस कार्यमा पत्रकार साथीहरुले साथ दिनको लागि हार्दिक अनुरोध गर्दछु।’
प्रतियोगीताको प्रथम हुनेले १ लाख, दोस्रोे हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै उक्त प्रतियोगीतामा ४ पुरुष समुह र २ महिला समुहले गरि जम्मा ६ वटा टिमले भाग लिने आयोजकले जानकारी दिएको छ।
प्रमुख समाचार
सम्वन्धित समाचार