Trending :
 

रामेछापमा रमेश बस्नेतको अध्यक्षतामा नेकपा (एकिकृत समाजवादी) जिल्ला समिति गठन

आश्विन ०९,२०७८

-आस्था न्यूज

असोज ९, २०७८ रामेछाप ।
रामेछापमा रमेश कुमार बस्नेतको अध्यक्षतामा नेकपा (एकिकृत समाजवादी) पार्टी गठन भएको छ ।
 
रामेछापको सदरमुकाम मन्थलीमा शनिबार सम्पन्न जिल्ला कमिटी भेलाले बस्नेतको अध्यक्षतामा २ सय ९१ सदस्यीय समिति गठन गरेको हो ।
 
भेलाले उपाध्यक्षमा धन योञ्जन र सचिवमा लालसिंह तामाङलाई चयन गरेको छ । 
 
त्यसैगरी अनेरास्ववियूका नेता गणेश बाबू खड्का, सङगम खड्का, दिपक बुढाथोकी, सरिता खातीलाई उपसचिवको जिम्मेवारी दिइएको छ । सदस्यमा अरुण सिम्जाली, मिलन चौहान, सुदिप घिमिरे लगायतका रहेका छन् ।
 
आजै नेकपा (एकीकृत समाजवादी) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले आज कार्यालयको उद्घाटन गरेका हुन् । 
 
पार्टी कार्यालय उद्घाटन गर्दै न्यौपानेले नेकपा एमालेले वैचारिक बाटो त्यागेकोले कम्युनिस्ट आदर्श र मूल्य मान्यतालाई बचाइराख्न एकीकृत समाजवादी लागिपरेको बताए । ओली नेतृत्वको एमालेले कम्युनिस्टको निष्ठा, आदर्श र सिद्धान्तमा प्रहार गरेको उनको आरोप थियो ।
 
 
May be an image of 16 people, people sitting, people standing and indoorMay be an image of 17 people, people sitting and people standing