रोजगारीका लागि इजरायल जाने १६ सयको नाम सिफारिस

आश्विन १०,२०७८

-आस्था न्यूज

असोज १०,२०७८ काठमाडौं । 
सरकारले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको नाम सिफारिस भएको छ ।
 
आइतबार इजरायलमा ‘केयरगिभर’मा जान चाहनेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
 
भाषा परीक्षा उतीर्ण गरी अन्तर्वार्तामा सहभागी भएकामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथ्योरिटी (पीआईबीए) लाई सिफारिस गरेको विभागका महानिर्देशक दिपक काफ्लेले बताएका छन् ।
 
काफ्लेका अनुसार विभागले सिफारिस गरेको सूचीबाट पीआईबीएले कामदार छनोट गर्नेछ । छनोट गरेका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौतापश्चात उनीहरु इजरायल जान पाउने छन् ।
 
यसका लागि अहिले छनोट भएका एक हजार ६ सयमध्येबाट एक हजार ४ सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।