सेयर कारोबार फेरी ओरालोतर्फ

आश्विन १०,२०७८

-आस्था न्यूज

असोज १०, २०७८ काठमाडौं ।
अघिल्ला तीन कारोबार दिन उकालो लागेको नेप्से आइतबार ६१.२७ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो करिब २.१७ प्रतिशतले कम हो ।
 
आइतबार बजार खुलेदेखि नै नेप्से घट्न थालेको थियो । कारोबार अवधिभर नेप्से उतारचढावपूर्ण रह्यो । अन्त्यमा सवा ६१ अंकले घटेपछि समग्र नेप्से २ हजार ७ सय ५८.४८ विन्दुमा ओर्लेको छ ।
 
सो दिन कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा दबाब परेको हो । आइतबार ६ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।