Trending :
 

केशव बस्नेतको नेतृत्वमा अनेरास्ववियु (क्रान्तिकारी) रामेछापको पदाधिकारी पुनर्गठन

आश्विन ११,२०७८

-आस्था न्यूज

असोज ११, २०७८ काठमाडौं ।
केशव बस्नेतको नेतृत्वमा अनेरास्ववियु (क्रान्तिकारी) रामेछापको ७५ सदस्यीय पदाधिकारी पुनर्गठन भएको छ ।
 
जिल्लाको विस्तारित बैठकबाट अध्यक्षमा केशव बस्नेत, उपाध्यक्षमा प्रज्ज्वल श्रेष्ठ ,निरोज श्रेष्ठ र पुष्कर योगि निर्वाचित भएका हुन् ।
 
त्यस्तै सचिवमा सफल दाहाल चयन भएका छन् भने सह सचिवमा सिंह राज योञ्जन, लालकाजी दर्लामी र अभिषेक कार्की रहेका छन् । कोषाध्यक्षमा सबिना गौतम लगायत ७५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ।
 
नव निर्वाचित अध्यक्ष बस्नेतले रामेछापमा अनेरास्ववियू (क्रान्तिकारी)लाई पहिलो र सबैको विद्यार्थी सङ्ठन बनाउन लागिपर्ने र शैक्षिक माफीया र दलालिको अन्त्य गर्दै समाजवादी शिक्षा प्राप्तिको लागि अगाडि बढ्ने प्रतिवद्धता जनाए ।