सोमबार पनि सेयर बजार ओरोलो

आश्विन ११,२०७८

-आस्था न्यूज

असोज ११,२०७८ काठमाडौं । 
सोमबार पनि बिहानैदेखि सेयर बजार ओरोलो लागेको छ । यही क्रममा दिउँसो १ः०५ बजेसम्म नेप्से करिब ७५ अंकले घटिसकेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो करिब पौने ३ प्रतिशतले कम हो ।
 
त्यतिबेला सम्म सेयर बजारमा साढे २ अर्ब रुपैयाँ बराबरको सेयर करोबार भएको छ । पछिल्लो समयमा गिरावट दरमा भने बढिरहेको छ । आइतबार नेप्से करिब ५० अंकले घटेको थियो । गत साताका पछिल्ला तीन कारोबार दिनमा भने नेप्से बढेको थियो ।