कर्साङ र सुस्मिताको आवाजमा ‘नार्दोला थोबो’

आश्विन ११,२०७८

-आस्था न्यूज

असोज ११,२०७८ काठमाडौं । 
गायिका सुस्मिता स्याङ्तानको ‘नार्दोला थोबो’ बजारमा आएको छ । गीतको अडियोलाई म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलमार्फत बजारमा
ल्याएको हो ।
विवेक लोप्चनको शब्द संगीत, कर्साङ लामा र गायिका सुस्मिता स्याङ्तानको आवाजमा रहेको उक्त गीतलाई मिक्सिङ र एरेन्ज भने उनै गायक एंव संगीतकार कर्साङ लामाले गरेका हुन ।
 
गायिका स्याङ्तानले अब चाडै नै गीतको भिडियो लिएर आउने बताइन ।