सेयर बजारमा पहिरो, ५ अर्ब ७४ करोडको कारोबार

आश्विन १२,२०७८

-आस्था न्यूज

असोज १२, २०७८ काठमाडौं ।
सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब ७० अंकले घटेर २ हजार ६ सय १५.४० विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो करिब २.६१ प्रतिशतले कम हो । आइतबार र सोमबार पनि उच्च अंकले घटेको बजारले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।
 
अघिल्ला दिनमा जस्तै मंगलबार पनि सेयर बजारमा उतारचढाब देखियो । तर, अधिकांश समय बजार ओरालो लागिरह्यो । सो दिन पनि कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।
 
दिनभरीको कारोबारमा २ सय १६ कम्पनीका ५ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएका छन् ।