असोज २२ र २३ गते काठमाडौंमा मेट्रो कप फुटसल हुने

आश्विन १३,२०७८

-आस्था न्यूज

असोज १३,२०७८ काठमाडौं ।
काठमाडौंको भृकुटीमण्डपमा असोज २२ र २३ गते मेट्रो कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । वाईसीएयल काठमाडौं–१ क्षेत्रीय कमिटीको आयोजनामा हुने प्रतियोगितामा ३२ टिमलाई सहभागी गराउने लक्ष्य राखिएको छ । 
 
प्रतियोगिता बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने वाईसीएलका प्रदेशसभा सदस्य दिलिप सिंहले बताए । प्रतियोगिता सञ्चालनका लागि अनुमानित १० लाख रुपैयाँ खर्च हुने उनले बताए ।
 
प्रतियोगिता संयोजक सरोज अर्यालका अनुसार महिला र पुरुष दुबै खेलाडीहरूले हरेक टोलीमा प्रतिस्पर्धा गर्न पाउनेछन् । दसैंको अवसरमा मैत्रिपूर्ण सम्बन्ध प्रगाढ बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको अर्यालले बताए । प्रतियोगितामा पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
 
प्रतियोगिताको जर्सी सार्वजनिक गर्दै प्रमुख अतिथि माओवादी केन्द्र, काठमाडौं–१ का क्षेत्रीय इन्चार्ज अनिल शर्माले रचनात्मक कामको सफलताको शुभकामना दिए ।