Trending :
 

माओवादीमा अब एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने

आश्विन १३,२०७८

-आस्था न्यूज

असोज १३,२०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् । 
 
बुधबार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी बन्ने आँकलन गरेको नेता गणेश साहले जानकारी दिए । स्थानीय,प्रदेश र केन्द्रका गरेर १२ सय प्रतिनिधि सहभागी हुनसक्ने आँकलन गरिएको साहको भनाइ छ ।
 
यसैगरी बैठकले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘केन्द्रीय कमिटीका सदस्यहरु प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने भएका छन् ।
 
माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।